काठमाडौं, १७ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले भोलिको लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिने कि नलिने ? भन्नेबारे निर्णय गर्न नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक आज अपरान्ह बस्ने भएको हो ।
हिजो बसेको स्थायी कमिटी बैठकले दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै नवौं महाधिवेशनबाट निर्वाचित कमिटी व्यँताउने र भोलिको लागि बैठक बोलाउने निर्णय गरेको थियो । तर, हिजोको बैठकमा पूर्व माओवादी केन्द्रबाट आएकाहरु रामबहादुर थापा बादलसहितका नेताहरुपनि उपस्थित् भएकोले सो बैठक नै अवैधानिक भएको माधव नेपाल पक्षधर नेताहरुको टिप्पणी छ ।
नेपाल पक्षका युवा नेताहरु बैठकमा सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् । तर, वरिष्ठ नेता नेपाल आँफै भने ओलीको जालझेलमा फस्न नहुने निश्कर्षमा पुगेका छन् । एमाले एकताको लागि दोस्रो पुस्ताका नेताहरु पनि आन्तरिक छलफलमा छन् । file photo