Logo

टेलिफोनमा वार्ता गरेका ओली-नेपाल भोलि भेट्ने तयारी, आइसब्रेक भएको आचार्यको दाबी



काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भोलि भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था थियो ।

तर, भोलिको लागि बोलाईएको केन्द्रीय कमिटीमा सहभागी नहुने भनेर माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले निर्णय गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफान गरेर बैठकमा सहभागी हुन आग्रह गरेका थिए । दुई नेताबीच आज साँझ कुराकानी भएको नेपालनिकट नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । उनकाअनुसार दुई नेताबीच भेटेरै कुराकानी गर्ने सहमति भएको छ।

उता, नेपालनिकट नेता भीम आचार्यले पनि दुई जनाबीच टेलिफोनमा सम्वाद हुनु एमालेको लागि सुखद् पक्ष भएको भन्दै खुशी व्यक्त गरे । उनले पार्टी एकताको लागि दुवै नेता गम्भीर रहेको सुनाए ।

उनले भने-“आज भएको दुई नेताबीचको टेलिफोन सम्वादलाई आईसब्रेकको रुपमा लिनुहोस।” ओली र नेपालबीच भोलि नै भेट्ने सहमति भएको पनि बुझिएको छ । भेटको समय र स्थान भने तय भएको छैन् । त्यसको लागि भोलि विहान पूनः फोनवार्ता हुने नेताहरुले जनाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्