Logo

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, बैठक भोलि पनि (यस्ता छन् आजका निर्णय)



काठमाडौं, १८ असार । सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका माधव नेपालसहित २३ जना सांसदलाई सोमबारसम्म हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको छ ।

बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता ज्ञवालीले माधव नेपालसहति २३ जना सांसदलाई हस्ताक्षर फिर्ता गर्न निर्देशन दिईएको जानकारी दिए । उनले २३ जना सांसदलाई आगामी सोमबार साँझ ५ बजेसम्मको लागि समय दिईएको जनाए ।

त्यस्तै, बैठकले कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । साथै, आजेको बैठकले बाढी/पहिरोबाट विस्थापितहरुको पुनःस्थापनाको लागि प्रभावकारी कदम चाल्न पनि सरकारलाई आग्रह गरेको ज्ञवालीले जनाए । उनकाअनुसार बैठक भोलि पनि बस्नेछ । file photo



प्रतिक्रिया दिनुहोस्