Logo

माधव नेपालसँगको भेटबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्न सुवास नेम्वाङ बालुवाटारमा



काठमाडौं, २० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता गराउनको लागि दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । आज विहानमात्रै गृह तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । नेपाल निवासमा नेपालनिकट नेता घनश्याम भुषालपनि सहभागी थिए ।

भेटमा पौडेलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर, नेपालले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडान लिएका थिए । हस्ताक्षर फिर्ता लिए नेपाल पक्षले भनेअनुसार नै अघि बढ्ने र बरु दुवै नेताले संयुक्त हस्ताक्षरसहित एकताको आह्वान गर्ने कुराकानी भएको थियो । तर, नेपाल भने उक्त प्रस्तावमा सहमत नभएको नेताहरुले दाबी गरेका छन् ।

नेपालसँगको भेटवार्तापछि नेताहरु निराश भएर बाहिरिएको पनि एमालेनिकट उच्च स्रोतको दाबी छ । स्रोतले भन्यो,‘वार्तामा सहभागी नेताहरु भेटवार्तापछि निराश भएर बाहिरिनुभयो । अब माधव नेपालजीहरुले ब्याक हुने सम्भावना छैन् ।’ नेता नेपालसँगको भेटवार्ताबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्नको लागि नेम्वाङ यतिवेला बालुवाटार पुगेका छन् । बालुवाटारमा नेम्वाङले माधव नेपालसँगको भेटवार्ताबारे ब्रिफिङ गरिरहेका छन् । एमालेको शुक्रबार र शनिबार बसेको बैठकले नेपाल पक्षलाई भोलि साँझ ५ बजेसम्म देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्