काठमाडौं, २१ असार । नेकपा (एमाले) को एकता गर्न गठित कार्यदल पूनः सक्रिय भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएपछि एमाले दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । यो सँगै कार्यदलमा रहेका सदस्यहरुपनि अहिले छलफलमा जुट्दैछन् ।
एमालेनिकट स्रोतकाअनुसार कार्यदलको बैठक अहिले ७ बजे छलफलमा जुट्न लागेका छन् । हिजोमात्रे माधव नेपाल पक्ष नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए ।
उक्त छलफलमा रावलसँग ओलीले पार्टी एकता कायम गर्नको लागि गम्भीर पहल गर्न आग्रह गरेका थिए । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । उता, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् ।
file photo