काठमाडौं, २२ असार । जीवन विकास लघुवित्त संस्था लिमिटेडले निष्कासन गरेको आइपीओ यही हप्ता बाँटफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलको अनुसार प्रि अलोटमेण्ट सम्पन्न गरी धितो पत्र बोर्डमा स्वीकृतिका लागि पठाएको छ ।
कम्पनीले असार ११ गतेदेखि १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा विक्रिमा ल्याएको हो । ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आइपीओमा १५.८२ गुणाको आवेदन परेको छ । आइपीओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापीटलले जनाएको छ ।
कम्पनीले कुल कित्तामध्ये ३० हजार ४२० कित्ता कर्मचारीहरु, १८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी भएको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि विक्रिमा ल्याएको हो ।
हाल ४१ करोड ६ लाख ७० हजार चुक्तापुँजी रहेको कम्पनीको चालु आर्थिक वर्षको तैमासिक विवरण अनुसार ६५ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ ।