काठमाडौं, २२ असार । नेप्सेमा आज ५.२४ अंकले गिरावट आएको छ । ०.१९ प्रतिशतले नेप्से घटेर २८ सय १८ दशमलव १० बिन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले घटेर ५२६ दशमलव ७५ बिन्दुमा थामिएको छ ।
नेप्सेको अनुसार आज २२० कम्पनीको ४६ हजार ३१० पटक कारोवार भएर ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५ हजार २०९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।