काठमाडौं, २३ असार । सहारा विकास बैंकले तीन आर्थिक वर्षको सञ्चित मुनाफाबाट बोनस घोषणा गरेको छ । बैंकले नाफाबाट ५.०५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोगजनका लागि ०.२७ प्रतिशत नगद लाभांस गरी कुल ५.३२ प्रतिशत लाभांस घोषणा गरेको हो ।
बैंकको हिजो बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७४-७५, २०७५-७६ र २०७६-७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २७ करोड २२ लाख रुपैयाँको ५.०५ प्रतिशत बोनस शेयर गर्न लागेको हो ।
बैंकले एकै पटक तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्ने जनाएको छ । प्रस्तावित बोनस शेयर पछि बैंकको चुक्ता पूँजी २८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।