काठमाडौं, २३ असार । केही दिनदेखि नेप्सेमा गिरावट आउने क्रम जारी छ । साताको कारोबारको चौथो दिन आज शेयर बजार नेप्से १६.९७ अंकले घटेर २८ सय १ दशमलव १३ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ५० अंकले घटेर ५२५ दशमलव २४ विन्दुमा रोकिएको हो ।
नेप्सेको अनुसार आज २ सय २२ कम्पनीको ४६ हजार १८३ पटक कारोबार भएर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँ बराबरको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर खरिद बिक्रि भएको हो । आज डेभलपमेन्ट बैंक र लघुवित्त उपसमुहको बाहेक सबै समुहका नेप्से परिसुचक घटेका छन् ।