काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक सब इन्जिनियरलाई पक्राउ गरेको छ।
आयोगले सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङमा करारमा कार्यरत सव इन्जिनियर विनोद सापकोर्टाले सेवाग्राहीसँग घूस लिएको अवस्थामा पक्राउ गरेको जनाएको हो।
सव इन्जिनियर सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरि दिए वापत २० हजार रुपैयाँ घूस लिएको आयोगको दाबी छ ।