तनहुँ, २४ असार । तनहुँमा वर्षासँगै आएको पहिरोले ऋषिङ गाउँपालिकामा एक पुरुष बेपत्ता भएका छन् । वडा न ८ मा पहिरोले पुरिएर बर्षा ४० का खुम बहादुर आले बेपत्ता भएका हुन् ।
आलेले करिव ६ः३० बजे बिहान भैसिको गोठमा भकारो सोर्दै गर्दा अबिरल बर्षाको कारण पहिरो आई गोठमा रहेको ३ वटा भैसी समेत पुरेको नेपाल रेड्क्रस सोसाइटी तनहुँ जिल्ला शाखाकी मन्त्री चिनु पोखरेलले बताइन् । उनले उद्धार कर्मीहरुले उद्दार खटिएको समेत जानकारी दिइन् ।
उद्धारको क्रममा एउटा भैंसी मृत फेला परेको छ भने बेपत्ता भएका आलेको खोजी कार्य भैरहेको नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखाका सदस्य महेन्द्र कुमार श्रेष्ठले बताए । उनको भनाइ अनुसार शिव सरस्वती मा बि को भवन पछाडी पहिरो गई बाटो अबरुद्ध भएको र बिद्यालयको भवन समेत उच्च जोखिममा रहेको छ ।
त्यस्तै, बन्दिपुर गाउँ पालिकामा पनि ६ घर पहिरोले पुर्ण रुपमा क्षति भएको छ भने तनहुँ जिल्लाको थुप्रै भागहरुमा पहिरो गइ घरहरु जिखिममा परेक अबस्था छ । त्यस्तै, भानुको वडा न २ मा गएको डुम्रे लम्जुङ सडक खण्डमा पनि पहिरोले असर पारिरहेको छ ।
तनहुँ रेडक्रसले अबिरल बर्षा भैरहेको हुनाले सतर्क र सावधानी पुर्बक रहन र आआफ्नो स्थानको घटनाको विवरण यथासिघ्र रेड्क्रस सोसाइटी जिल्ला शाखामा र जिल्ला प्रशासन कार्यलयमा वा आआफ्नो पाइक पर्ने इलाका प्रहरी कार्यलयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ ।