Logo

पहिरोमा परेका तीनको निधन



दार्चुला, असार २५ । वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मञ्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मणसिंह सतोली रहेका छन् ।

बुधबार राति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर एकै परिवारका दुई जना र अन्य एक गरी तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परेर अर्की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन । बुधबार राति पहिरोसँगै खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खारखोला दोस्रो लघु जलविद्युत् आयोजना पनि बगाएको छ । बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुलसमेत बगाएको छ ।



प्रतिक्रिया दिनुहोस्