Logo

‘खरायो जस्तै, दोग्ला राजनीतिले तीब्र गतिमा भ्रष्टाचार, क्रुरता र आतंक जन्माउछ’



डा. युवराज संग्रौला : अंग्रेजीमा एउटा शब्द छ “हाइपोक्रीशी” भन्ने। तेस्लाइ नेपालीमा अनेक शब्द प्रयोग गर्न सकिन्छ। छ्द्म, दोग्ला र मुखुण्डो। जब यो राजनीतिमा विशेषणका रुपमा प्रयोग हुन्छ, तेस्ले राजनीतिलाई रछ्यान बनांउछ। मेरो चेलो र सहकर्मी सचिन शिवाकोटीले केही दिन अगाडि डेभिड रुन्सिमेनको पोलिटिकल हाइप्रोक्रीशी भन्ने पुस्तक दिए पढ्न।म पढ्न थाले पछि सकेर मात्र पुस्तक राख्छु।
मैले मुखुण्डो राजनीति नजीकबाट हेरेको छु। चर्चिलको उपमा सापटि लिने हो भने, मुखुण्डो राजनीति दोग्ला राजनीतिको नस्ल जैबिकताको दृस्टीमा खरायो सङ्ग मिल्छ। खरायोले छोटो समयमा थुप्रै सन्तान जन्माउंछ र जमिनमा प्वाल खनेर लुक्न पनि सिपालु हुन्छ।
१. खरायो जस्तै, दोग्ला राजनीतिले तीब्र गतिमा भ्रष्टाचार, क्रुरता र आतंक जन्माउछ। जसरी खरायो बोकौं बोकौ लाग्ने हुन्छ, दोग्ला राजनीति गर्ने पनि आकर्षक कुरा गर्छ्न। यिनिहरु संसारमा सबै भन्दा राम्रा मानिस हुन भन्ने भ्रम छर्छ्न। तर जब छेउमा पुगेर छोयो, वाक्क आउने गरि गन्हाउछ्न, खरायो जस्तै।
२. दोग्ला राजनीति गर्नेहरु क्रुर हुन्छ्न। बाहिर थाह नहोला, तर यिन्ले भ्रष्टाचारलाई जिवनको यथार्थ बनाएका हुन्छ्न। यिनिहरुका खान्की घर गाडी सबैथोक परिश्रमले होइन भ्रष्टाचारले जोडेको हुन्च। पदको दुरुपयोगबाट। तेस्लाइ खरायोको आफनै गुड मुत्ने बानी सङ्ग जोड्न सकिन्छ। तेसैले खरायो गन्हांउछ। दोग्ला राजनीतिगर्ने पनि ओछ्यान मुत्ने हुन्छ्न। अर्थात आफ्नो बिचारधारामाथी पिसाब गर्छ्न यिन्ले।
३. मुखुण्डो राजनीति गर्ने उपिया जस्तै कांहा मीठो रगत खान पाइन्छ भनेर उफ्रीरहन्छ्न। बिगत चार पांच बर्षमा मैले देखेका यस्ता मानिसहरु उफ्रीएको उफ्रीयै छ्न।
जुडिथ सक्लर भन्छिन, उदार्बादमा भुत्राको मुखुण्डो राजनीतिको कुरा गर्छौ, गुन्द्रीको जातै उपिया बस्ने घर हो। तेस्मा पनि जब गरीबको कुरा गर्ने समाजबादको कुरा गर्ने भोका उपियाले गुन्द्री भेट्छ्न, तेस्मा जे बसे पनि रगत चुस्छन। तर आम मानिस आतंकीत हुनु पर्छ उपियाबाट। यिन्ले माहामारी सार्छ्न।
नेपालको यो हालत गर्ने बिचारहीन भ्रष्ट रगत चुस्नेदोग्ला राजनीति कोभिड-२० हो। यसको भ्याक्सिन बनेको छैन! बनेको छ, तर जनता अहिले निदाएका छ्न। उपिया टोके पनि नाक खुम्च्यांउदै निन्द्रामै शारिर क्न्याउंदै छ्न। जब जनतालाइ ऐठ्न हुन्छ, तबमात्र मुखुण्डो खोस्छ्न। तर मुखुण्डो खोस्ने पनि खराया नै हुनसक्छ्न।



प्रतिक्रिया दिनुहोस्