Logo

एमाले कार्यदलको बैठक सम्पन्न, भोलि विहान सुखद् समाचार दिने नेताहरुको भनाई



काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि प्याकेजमै सहमति गरिएको नेताहरुको दाबी छ ।

बैठकस्थलबाट बाहिरिने क्रममा कार्यदलका सदस्यहरुले बैठक सकारात्मक रहेकोले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउनुअघि नै विवाद समाधान हुने दाबी गरेका छन् । अदालतले उक्त मुद्दामा यही असार २८ गते फैसला दिने भएको छ । कार्यदलका सदस्य गोकर्ण विष्ट र सुवास नेम्वाङले भोलि विहानसम्म सुखद् समाचार दिने दाबी गरे ।

एमालेको एकता सुन्नको लागि देशभरिका एमाले पँक्ति आँतुर रहेको विष्टको भनाई छ । उनले आफूहरु केही दिनयता औपचारिक र अनौपचारिक रुपमा छलफलमा रहेको पनि सुनाए । उनले एकले अर्काको मनोविज्ञान र समस्या सुनेर आफूहरु अन्तिम अवस्था र निश्कर्षमा आईपुगेको पनि जनाए । उनले समस्याहरु लगभग समग्रतामा समाधान खोज्ने काम गरेको सुनाए ।

Photo By: Mukunda Kalikote/ReportersNepal

https://www.facebook.com/RishiDhamalaOfficial/videos/199898918722408



प्रतिक्रिया दिनुहोस्