Logo

स्थायी कमिटी सदस्यहरुसँगको भर्चुअल मिटिङमा माधव नेपाल सुनिरहे मात्रै



काठमाडौं, २६ असार । नेकपा (एमाले) को विवाद समाधान भएको नेताहरुले दाबी गरेका छन् । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले सहमतिको खाका तयार पारिसकेको र भोलि विहान ८ बजेसम्म सहमति हुने दाबी गरिएको छ ।

सिंहदरबारबाट बाहिरिएका दुवै तर्फका नेताहरु आ-आफ्नो समूहका नेताहरुसँग परामर्शमा बसेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई कार्यदलमा भएको सहमतिबारे सुवास नेम्वाङलगायतले ब्रिफिङ गरेका छन् ।

उता, माधव नेपाल पक्षधर स्थायी कमिटीहरुको भर्चुअल बैठक बसेको छ। उक्त बैठकमा कार्यदलका सदस्यहरुले आज भएको सहमतिको खाकाबारे ब्रिफिङ गरेका छन् । स्रोतकाअनुसार उक्त बैठकमा माधव नेपालले कुनै सम्बोधन नगरेको बरु सुनिमात्रै रहेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्