Logo

पशुपति क्षेत्रबाट हटाउन लागेका साधु/सन्तहरुलाई भवन निर्माण पछि पुर्नस्थापित गर्न माग(भिडियोसहित)



काठमाडौं, २७ असार । पशुपति क्षेत्र परिसरमा राम मन्दिरबाट बाबाजी (साधु/सन्त)हरुलाई अन्य स्थानमा सार्नेे निर्णयको सत्य विश्वभुमि पार्टीका अक्ष्यक्ष होम बहादुर कार्की (विश्वभक्त)ले विरोध जनाएका छन् ।  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीका अक्ष्यक्ष कार्कीले सयौ वर्षदेखि बस्दै आएका बाबा, साधुसन्तलाई भवन पुर्न निर्माण गरेपछि सोही स्थानमा स्थापित गर्न माग गरे ।

पत्रकार सम्मेलनमा विश्वभक्तले पशुपति विकास कोषका सचिव र पदाधिकारीहरुले देशको परिर्वतनको निम्ती धर्म र संस्कारको परिर्वतन गर्न नमिल्ने बताए । उनले साधु सन्तहरुले धर्मगुरुहरुलाई विस्थापित गर्न नहुने उनको भनाई थियो । उनले साधुसन्तहरुले पशुपति विकास कोषले नयाँ भवनमा पुनः स्थापित हुने लिखित प्रमाण खोजेको समेत बताए ।

पशुपति वरिपरि भएका सबै मन्दिरहरुको जिर्णोद्धार गरेर सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिए । राजनितिक पार्टीको खोल ओढेर विकास कोषका पदाधिकारीहरु लुप्त हुन नहुने उनको भनाई थियो । उनले कुनै पनि पदाधिकारी राजनितिमा लाग्न नुहने तर्क गर्दै भने, ‘पदाधिकारीहरुले भगवानको धर्म र संस्कार जोगाएनन् कुर्सीमा भक्त बस्न्पर्छ ।’ कार्कीले पदाधिकारीहरुले भगवानको धर्म र संस्कार नजोगाएको समेत आरोप लगाए । कोषले एउटा साघुसँग अर्को साधु लडाउन नहुने उनले जिकीर गरे ।

कार्यक्रममा सामाजिक अभियन्ता उमेश तिमल्सिनाले राष्ट्रको सम्पत्तिको संरक्षण र जस्ताको तस्तै निर्माण हुनुपर्नेमा जोड दिए । उनले पशुपति क्षेत्रभित्र कुनै पनि व्यक्तिको नाममा भवन निर्माण हुन नहुने बताए । उनले भने, ‘नयाँ भवन वा आधुनिकीकरण तरिकाको कुनै पनि भवन निर्माण गर्न हुन्न ।’ विश्व सम्पदा सुचीमा रहेको पशुपति क्षेत्रलाई सुरक्षित राख्नुपर्नेमा जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्