काठमाडौं, २७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षको स्थायी कमिटी बैठक बोलाएका छ्न । पार्टीभित्रको विवाद समाधानको लागि कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको बेला अध्यक्ष ओलीले अहिले चार बजेको लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् । एमालेको स्थायी कमिटी बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कार्यदलमा सहमति नजुटेपछि ओली कठोर रुपमा प्रस्तुत हुने नेताहरुको टिप्पणी छ । file photo