Logo

१० बुँदे सहमतिलगत्तै माधव नेपाल आन्तरिक परामर्शमा, सांसद र केन्द्रीय सदस्यहरुसँग छलफल सुरु



काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आजै भेटवार्ता हुने बताएका छन् । पाण्डेले १० बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा नेता नेपाललाई पनि सहमतिमा ल्याउने बताए ।

पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले भने,”आजै अध्यक्ष ओली र माधव नेपालबीच भेटवार्ता हुन्छ । पार्टी एकताको लागि सहमति भएको छ । यो ऐतिहासिक कुरा हो । यो सहमति कार्यान्वयनको लागि बसै नेता गम्भीर हुनुपर्छ ।”

उनकाअनुसार उक्त सहमतिको विषयलाई लिएर नेता नेपालले आफू पक्षधर सांसद र स्थायी कमिटी सदस्यहरुसँग आज विहानै छलफल गरको छन् । अहिले केही बेरमा केन्द्रीय कमिटी सदस्यहरुसँग पनि छलफल गर्न लागेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्