काठमाडौँ, २८ असार: राष्ट्रियसभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६-०७७’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गरेका हुन् ।
यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गरे। राष्ट्रियसभाको अर्को बैठक यही असार २९ अपराह्न ३ बजे बस्नेछ ।-रासस/File Photo