काठमाडौं, २८ असार । विपक्षी गठबन्धनको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।
विपक्षी गबन्धनमा आवद्ध दलका नेताहरुले सर्वोच्चको फैसलालाई स्वागत गरेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव र जनमोर्चा आवद्ध छन् ।