Logo

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, २९ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी बिक्रि खुल्ला भएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले असार १८ गतेदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा बोलपत्र आजसम्म पेश गर्न सकिन्छ ।

कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७०० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल पेश गर्न सकिनेछ ।

प्रतिकित्ता न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सक्ने कम्पनीले व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई जिम्मेवारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्