Logo

ओलीको सम्बोधनमा को को उपस्थित



काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहँदा निवर्तमान मन्त्रीहरुसहित उनका टिमका सदस्यहरु उपस्थित भए । सिंहदरबारबाट सम्बोधन हुँदा ओलीका विश्वासपात्रहरु पनि उपस्थित भएका हुन् ।

उपस्थित भएकाहरुमा निवर्तमानअर्थमन्त्री विष्णुप्रसाद पौडेल ,भौतिक मन्त्री बसन्त नेम्वाङ ,कानुन मन्त्री लिला नाथ श्रेष्ठ , शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ ,योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कंडेल , नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली , ओलीका राजनितिक सल्लाहकार विष्णु रिमाल ,प्रेस सल्लाहकार सूर्य थापा मुख्ख सचिव शंकरदास बैरागी ,प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल र खगराज बराल ,गृहसचिव महेश्वर न्यौपाने,अन्य मन्त्रालयका सचिवहरू ,कर्मचारी लगायतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्