काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको सपथमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भए । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओली सपथमा अनुपस्थित भएपछि राजनीतिक वृत्तमा निकै चासो समेत भए ।
सपथमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका सदस्य गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
ओलीले देउवाको नियुक्तिप्रति असन्तुष्टि जनाइसकेका थिए । आज सार्वजनिक रुपमा उनले अदालतले प्रधानमन्त्री नियुक्त गर्ने फैसलाप्रति आपत्ती समेत जनाएका थिए । देउवाको नियुक्तिप्रति आपत्ती जनाएकाले पनि ओली अनुपस्थित हुने अवस्था बनेको थियो ।