काठमाडौँ, ३० असार: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।-रासस
Congratulations and best wishes to Hon. Sher Bahadur Deuba for his appointment as the new Prime Minister of Nepal! The U.S. mission looks forward to working with him to advance our nearly 75-years of friendship at all levels, from govt to all Nepalis.🙏🇳🇵🇺🇸 pic.twitter.com/FmTdXRgFOS
— Ambassador Randy Berry (@USAmbNepal) July 13, 2021