काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आजबाट सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सरेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार ओलीले आज (बुधबार) पौने १२ बजेतिर बालुवाटार छोडेका हुन्।
केपी ओली तीन वर्ष ५ महिनापछि प्रधानमन्त्रीबाट बाहिरिएका हुन् । उनलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट बालकोटसम्मै स्कर्टिङ गरेर लगेको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम