Logo

वाग्मती प्रदेश प्रमुख प्रसाइँद्वारा दुई विधेयक प्रमाणीकरण



मकवानपुर, ३० असार: वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले वाग्मती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज त्यहाँ प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८-७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्