Logo

माधव नेपालले खोल्ने पार्टीमा को को जालान्



काठमाडौं, ३० असार । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो ।

ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका छन् । बामदेव गौतमलाई पनि समेटेर नयाँ पार्टी गठनको पहल अगाडि बढेको छ ।

माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्यलगायत पनि एमालेमा नअटाउने भएको बुझिएको छ । योगेश भट्टराई भने ओलीसँगै रहने सम्भावना छ । तर, उनी दोधारमा रहेको बुझिएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेमध्येका २३ जना सांसदमाथि ओलीले कारबाहीको तयारी समेत गरेका छन् । कारबाही प्रक्रिया बढाएसँगै एमाले विधिवत् रुपमा फुट्ने अवस्था विकास भएको हो ।



प्रतिक्रिया दिनुहोस्