काठमाडौं, ३१ असार । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि बिक्रिमा खुल्ला गरेको १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । बैंकले ८ प्रतिशत ब्याजदरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।
बैंकले २ अर्ब बराबरको प्रतिऋणपत्र १ हजार अंकित दरको उक्त ऋणपत्रलाई ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८’मार्फत बिक्रि गर्न लागेको जनाएको छ ।
बैंकको अनुसार १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरले बिक्रि गर्ने भएको छ भने ८ लाख कित्ता सर्वसाधारणलाई छुट्टटाएको छ ।
बैंकको ऋणपत्र खरिद गर्न न्युनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्तासम्म छिटोमा असार ३१ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिन्छ ।