कार्यालयको मिटिङमा सहभागी हुँदा केही कुरामा ध्यान दिँदा तपाईको सकरात्मक छवि सिर्जना गर्दछ ।
काठमाडौं, ३१ असार । मिटिङमा तपाईको व्यवसायिक व्यवहारले सकरात्मक छवि बनाउछ । कार्यालयको मिटिङमा उपस्थित हुने समयमा केही कुरामा ध्यान दिनुपर्छ ।
- मिटिङमा ढिलो पुग्दा खराब प्रभाव पर्ने हुँदा सधै मिटिङ सुरु हुनु भन्दा पाँच मिनेट पहिले नै हलमा पुगिसक्नुपर्छ । यदि ढिलो पुगेमा चुपचाप आफ्नो सिटमा बस्नुपर्छ ।
- मिटिङमा जानु भन्दा पहिला तयारी गर्नुपर्छ । मिटिङमा जे बोल्न मन छ त्यो नोटमा लेखिएको हुनुपर्छ । जसले सोही विषयसँग जोडिएका नयाँ जानकारी प्राप्त गर्न सकिन्छ ।
- सधै संक्षेप र सरल भाषामा आफ्नो कुरा राख्नुपर्छ । यसो गर्दा कसैको ध्यान बाहिर भड्कदैन् ।
- आफ्नो कुरा सकिएपनि सोधेको प्रश्नको जवाफ धैर्यपुर्वक दिनुपर्छ । मानिसहरु तपाईको कुरामा सहमत छैनन् भने बहस गर्नुहुँदैन् ।
- मिटिङमा उठ्ने सबै विषय आवश्यक हुँदैनन् यद्यपि शान्त भएर बस्नुपर्छ ।
- यदि सिनियर तथा हाकिमको कुरामा सहमत नभएपनि बिचमा कुरा काट्न हुँदैन् । मिटिङ सकिएपछि एकान्तमा सकरात्मक ढंगबाट कुरा गर्र्नुपर्छ ।
- आफुले प्रस्तुत गर्ने विषयवस्तुमा आत्मविश्वास हुनुपर्छ ।
- आफ्नो मोवाइल सधै मिटिङमा साइलेन्समा राख्नुपर्छ ।
- यदि जरुरी छैन् भने मिटिङको बिचमा फोन रिसिभ गर्नुहुँदैन् । यदि गर्नै परेमा चुपचाप बाहिर निक्लेर कुरा गर्नुपर्छ ।
- मिटिङको महत्वपुर्ण कुरा डायरीमा नोट गरेर राख्नुपर्छ । यसो गर्दा सम्झन सजिलो हुन्छ ।
- कहिल्यै पनि मिटिङको क्रममां एक–आपसमा कुरा गर्न हुँदैन् ।
- मिटिङ सकिए पछि सबैलाई आभार व्यक्त गर्न भुल्न हुँदैन् ।