काठमाडौं, ३१ असार । सरकारले साउन ३ मा प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपरान्ह ३ बजे बैठक बोलाउन सिफारिश गर्ने निर्णय बमोजम प्रक्रिया बढाएको हो ।
प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिश भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया पनि बढ्ने भएको छ ।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । परमादेशमा ३ आउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश समेत जारी गरेको थियो ।