Logo

प्रधानमन्त्री पद खुस्किएपछि केपी ओली विक्षिप्त भए, बर्बराहट झनै बढेको छ : विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता तथा सांसद विरोध खतिवडाले आफ्नो पार्टीभित्र लामो समयदेखि विवाद र अझै केही कुरामा समझदारी नभएकोले एकलौटी ढंगले बोलाईएका कुनैपनि बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सम्पूर्ण रुपमा शीर्ष नेताहरुको बीचमा सहमति नभईकन एकलौटी ढंगले बोलाईएका कुनैपनि बैठकमा हामी उपस्थित् हुँदैनौं । आजको बैठकमा हाम्रो सहभागिता हुँदैन् । विवाद समाधान नभईकन हामी बैठकमा जाँदैनौं ।’ अहिले ने बैठकमा सहभागी हुनुको औचित्य नहुने उनको भनाई छ ।

आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । समस्या समाधान भएमात्रै आफूहरु बैठकमा जाने उनको भनाई छ । उनले भने,‘केपी ओलीले नेपाली शब्दकोशमा भएका राम्रा राम्रा शब्द सबै बोल्नुभयो, गद्दारपनि भन्नुभयो होला, व्यंग्यवाणपनि हान्नुहुन्छ, त्यसकारण नै उहाँ शिखरबाट भुईँमा पछारिन पुग्नुभयो । अब सुध्रिनुहोला भन्ने आश छ मलाई, त्यसपछि उहाँले बालकोटमा पुगेर बार्दलीबाट बोलेका शब्दहरु, नेताको नामै किटेर गरेका गालीहरु, यो सबै हेर्दाखेरि त्यही १२ वर्ष पुच्छर ढुँग्रोमा हालेजस्तै भयो ।’

उनले ओलीले नै सहकार्यको बाटो असम्भव बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्री पद खुस्किएपछि केपी ओली विक्षिप्त भएको र बर्बराहट झनै बढेको पनि दाबी गरे । उनले आफ्नो समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विश्वास दिलाए । आफूहरु प्रतिनिधिसभाको पूर्ण कार्यकालको पक्षमा रहेको पनि खतिवडाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्