Logo

सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी रुपमा अभियान चलाउँछौं : विशाल भट्टराई (भिडिओसहित)



काठमाडौं, १ साउन । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु लोकतन्त्रको मूल्य र मान्यताप्रति भरपुर विश्वास गर्ने नाताले र जनताको बहुदलीय जनवाद मान्ने पार्टी भएकोले सर्वोच्च अदालतको फैसला स्विकार्य रहेको बताएका छन् । तर, उक्त फैसलाले नेपाली राजनीतिमा दुरगामी प्रभाव पार्ने पनि उनको भनाई छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आज कसै कसैले तत्कालको न्यानो महसुस गरेका होलान्, सर्वोच्च अदालतको फैसलाले हामीलाई राम्रो गर्यो, सरकारमा पुर्याईदियो भन्ने सम्झिएका होलान्, तर ६ महिनाभित्र नेपाली कांग्रेसले यो फैसलाले हाम्रो पार्टी विभाजित भयो, हाम्रो पार्टी टुक्रियो, हाम्रो पार्टीलाई यति ठूलो असर पर्यो नेपाली राजनीतिमा, सांसदहरु जता लागेपनि हुने जुनखालको सर्वोच्चको फैसला आयो, त्यसले त नेपाली राजनीतिमा संस्थागत रुपमा आया राम, गया रामको प्रवृत्ति चाहीँ भित्रिनेछ । हामीले यसलाई सतर्कतापूर्वक हेरेका छौं ।’

उनले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी रुपमा अभियान चलाउने पनि बताए । उनले सर्वोच्चको फैसलाले आफूहरुले केही फरक नपर्ने पनि टिप्पणी गरे । एमाले अब बलियो शक्तिको रुपमा उदाउने पनि दाबी गरे । माधव नेपालसँग आफूहरुले धेरै आशा र अपेक्षा नगरेको पनि भट्टराईको भनाई छ । उनले माधव कुमार नेपाललाई कारबाही गर्नै नपर्ने पनि बताए । उनले भने,‘जसले अर्को पार्टीलाई मतदान गर्नुहुन्छ, भोट हाल्नुहुन्छ, यसलाई बलियो बनाउनुहुन्छ, विपक्षी गठबन्धनको बैठकमा जानुहुन्छ भनेपछि किन निकाल्नुपर्यो, उहाँ आँफै गैसक्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्