Logo

एमाले एकता कार्यदल भंग



काठमाडौं, १ साउन । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो ।

आजको बैठकले सरकारको विपक्षमा उभिनको लागि पार्टी पँक्तिलाई निर्देशनसमेत दिएको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने पनि निर्णय गरेको छ । आजै एमाले संसदीय दलको बैठक बस्दैछ । बैठक आज अपरान्ह ३ बजे संसद् भवनस्थित् ल्होत्से हलमा बस्ने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्