Logo

मानुषी लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति



काठमाडौं, १ साउन । नेपाल धितोपत्र बोर्डले आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डको अनुसार संस्थालाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको हो ।

संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई दिएको छ ।



प्रतिक्रिया दिनुहोस्