Logo

मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त



काठमाडौं, ३ साउन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरुको लगत अद्यावधिक गर्ने र धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ ।

असार १७ गतेदेखि २१ गतेसम्म कम्पनीले सर्वसाधारणको लागि ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन (आईपीओ विक्री गरी) असार २८ गते बाँडफाँट समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्