काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । उनी पछिल्लो समय जसपामा तटस्थ बस्दै आएका छन् । केही समय पहिले उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । तर, पार्टीमा भने उनी अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षको बैठकमा भने सहभागी भएका थिएनन् ।
अहिले केही बेरमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् । देउवाले आफूलाई विश्वासको मत दिनको लागि जसपाका अध्यक्ष ठाकुरलाई आग्रह गरेका छन् । पत्र पाउनेबित्तिकै यो समूह छलफलमा बसेको थियो । विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय बाहिर आएको छैन् । तर, अधिकांश सांसदहरु भने देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन् । राजकिशोर यादवले भने आफूले देउवालाई मत दिने बताएका छन् । फाईल तस्विर