Logo

प्रदीप ज्ञवालीले भनेः रेफ्रीले गोल हानेर देउवा प्रधानमन्त्री



काठमाडौं, ३ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाएर गलत थिती बसालेको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले यसले राजनीतिक प्रणालीमा ठूलो चुनौती आउन सक्ने खतरा औल्याए ।

ज्ञवालीले अहिलेको राजनीतिलाई फुटबलसँग तुलना गर्दै रेफ्रीले गोल हानेर देउवा प्रधानमन्त्री बनेको बताए । उनले भने,‘फ्रिकिकमा खेलाडीले नभई रेफ्रीले गोल गरिदिएर एक टिमलाई गोल भएको नतिजा दियो । देउवा प्रधानमन्त्री पद त्यस्तै भएको छ ।’



प्रतिक्रिया दिनुहोस्