Logo

आज दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम कति ?



काठमाडौं, ४ साउन । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज १३ दशमलव ९७ अंकले बढेर नेप्से २९ सय ९४ दशमलव ५८ विन्दुमा थामिएको छ । त्यस्तै, ० दशमलव ०२ प्रतिशतले सेन्सेटिभ इन्डेक्स पनि बढेर ५६० दशमलव ९४ पुगेको हो ।

नेप्सेको अनुसार आज २१९ कम्पनीको १ लाख ७ हजार ७९७ पटक कारोबार भएर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको ३ करोड ७५ लाख ७१ हजार ३५४ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्