Logo

भान्जाले मामाको ५ महिने छोरीलाई पीढींमा पछारेपछि…



नवलपुर, १० साउन । मामा र भान्जाको झगडा पर्यो । मादक पद्धार्थ सेवन गरी दुईबीच झगडा परिरहँदा भान्जाले रिस पाँच महिने बालिकामा पोखे ।

मामाकी ५ महिने छोरीलाई उचालेर पछारे । बालिकालाई अस्पताल दौडाइयो । तर, उपचारका क्रममा ज्यान गयो ।

यो घटना नवलपरासीको बर्दघाट सुस्तापूर्वमा भएको हो । देवचुली ६ मिर्तुङमा कर्णबहादुर सारुले मामा पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए । उनले झगडाका क्रममा मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर पीढींमा पछारेका थिए ।

गम्भीर घाइते भएकी बालिकाको शनिबार दुम्कौलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको थियो । प्रहरीले सारुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यानको मुद्दा अगाडि बढाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्