Logo

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा



काठमाडौँ, १२ साउन: राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेकी छिन्। उनी मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् । राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

उनले भने ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो। उहाँ प्राय: सरकारी अस्पतालमै परीक्षण गराउनु हुन्छ’ ।-File Photo



प्रतिक्रिया दिनुहोस्