Logo

सरकारमा सहभागी गराउन माधव नेपाल फकाउँदै प्रचण्ड, आजपनि भेटे



काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वर पुगेर दाहालले भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो ।

दाहालले नेता नेपाललाई सरकारमा सहभागी हुनको लागि आग्रह गर्दै आएका छन् । हिजोमात्रै निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता टुँगो लगाएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन् । यो सँगै यादव पक्ष सरकारमा सहभागी हुने भएको छ । यादवले हिजै निर्वाचन आयोग परिसरमै उभिएर आफूहरु सरकारमा जान तयार रहेको बाएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्