Logo

उमेश श्रेष्ठलाई मन्त्री बनाउँदा किन आलोचना, एक महिना कुरौं न : डा. पोखरेल (भिडिओसहित)



काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले वर्तमान सरकारसामू चूनौति भएपनि जनताको मुहार परिवर्तन गर्नेगरि काम गर्नुपर्ने बताएका छन् । उनले विगतका सरकारका गल्ती र कमजोरीहरु नदोहोर्याउनेगरि वर्तमान सरकार अघि बढ्ने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाईएकोमा किन आलोचना भन्दै उनले प्रश्न गरे । उनले अहिलेसम्म श्रेष्ठको विगत राम्रो र नकारात्मक कुरा नसुनेको बताएका छन् । उनले भने,‘उहाँ नेपाली कांग्रेसमा जनजातिको कोटामा सांसद हुनुहुन्छ । र, उहाँ नेपाली कांग्रेसको सांसद भएको कारणले सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्री बनाउनुभएको हो । उमेश श्रेष्ठजस्तो गाउँबाट काठमाडौं आएर आफ्नै बलबुतामा विभिन्न व्यवसायहरु गरेर जुन नेपालको कानूनको परिधिभित्र रहेर आर्थिक उन्नती हाँसिल गर्नुभयो । उद्यमशिलता देखाउनुभयो । त्यो कुरालाई हेर्दाखेरि मन्त्री बनाईएको हो । मन्त्री हुनुभएको भर्खरै हो । समय कुरौं । एक महिना कुरौं । उहाँले गर्ने काम र निर्णय हेरेरमात्रै टिप्पणी गर्दा राम्रो हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्