Logo

माधव नेपालको रोजाईमा स्वतन्त्र हैसियतका र गैर सांसद मन्त्री बन्ने



काठमाडौं, १५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्रत्यक्ष रुपमा सरकारमा सहभागी हुने छैन । तर, नेपालले स्वतन्त्र हैसियतका देखिने आफ्ना विश्वासपात्रहरुलाई सरकारमा पठाउने भएका छन् ।

नेपालका केही विश्वासपात्रहरुलाई सरकारमा पठाउने तय भएपछि हिजो गर्ने भनिएपनि मन्त्रिमण्डल विस्तार रोकियो । सम्भवतः नेपालले आज नाम पठाएपछि मन्त्रिमण्डल विस्तार हुने भएको छ ।

सरकारमा नेपालले आफूपक्षीय २२ सांसदबाहेकबाट मन्त्री पठाउने भएका छन् । नेपालको साथ पाएर राष्ट्रिय सभामा गठबन्धनको मतबाट विजयी सांसद खिमलाल देवकोटा मन्त्री बन्ने निश्चितप्रायः भएको छ ।

यसअघि नेपाल पक्ष सरकारमा सहभागी नहुने भएकोमा गठबन्धनमा असर पर्ने देखेर सहभागी हुने तयारी भएको हो । गठबन्धन बलियो बनाउन नेपालले आफ्ना सांसदलाई नपठाएर निकटस्थ स्वतन्त्र हैसियतकालाई तत्कालका लागि पठाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्