
काठमाडौं, १५ साउन । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तले लिलामीमा ल्याएको ३ लाख १९ हजार ६५ कित्ता संस्थापक शेयरमा आज आवेदन दिने अन्तिम दिन हो ।
लघुवित्तको प्रतिकित्ता शेयरमुल्य ४७३ रुपैयाँ तोकेको छ । कम्पनीको लिलामी शेयरमा कम्पनीले तोकेको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनत १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।