Logo

ऋषि धमलाको कार्यक्रममा ओली र माधव नेपालनिकट युवाहरुको चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १७ साउन । नेकपा (एमाले) का भातृ संगठन युवा संघअन्तर्गत रहेको युथ फोर्सको सेन्ट्रल कमाण्डका प्रमुख क्षितिज थेबेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनादेशबाट नभई परमादेशबाट हटाईएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालले आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाएको आरोप लगाए ।

तर, माधव नेपालनिकट पिपुल्स भोलिन्टियर्सका अध्यक्ष सञ्जिब राईले माधव नेपाल, झलनाथ खनाल त यो देशको व्यवस्था जोगाउनको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले माधव नेपाल र झलनाथ खनालगायतले खेलेको भूमिका इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्