Logo

माधव पक्षका बहुमत केन्द्रीय सदस्य ओलीसँग मिल्न नहुने पक्षमा



काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने कि नजाने भन्नेमा विभाजित भएका छन् । नेपाल पक्षका बहुमत केन्द्रीय सदस्यहरु ओलीसँग कुनै हालतमा मिलेर जान नहुने पक्षमा उभिएका छन् । तर, ३० प्रतिशत जति केन्द्रीय सदस्यहरु पार्टी एकता कायम गरेर जाने विकल्प तयार गर्नुपर्ने पक्षमा छन् ।

नेपाल पक्षले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने क्रममा ओलीसँग मिलेर जाने र नजाने पक्षकाहरु देखिएका हुन् । एमालेको माधव नेपाल पक्षका एक प्रभावशाली नेताका अनुसार माधव नेपाल पक्षमा झण्डै ९० जना केन्द्रीय सदस्यहरु देखिएका छन् । जसमध्ये ६० जना जति ओलीसँग मिलेर जान नहुने पक्षमा उभिएका छन् । झण्डै ३० जना पार्टी एकताका लागि विकल्प खोजेर जानुपर्ने पक्षमा छन् ।

आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग नेपालले आज छलफल गर्दैछन् । त्यसअघि उनी स्थायी कमिटी सदस्यहरुसँग बैठक बसिरहेका छन् ।

आजको बैठकबाट नेपालले अब एमाले एक रहने या नरहने गरी अन्तिम प्रस्ताव तयार गर्ने बुझिएको छ । उनले उक्त प्रस्तावबारे ओलीसँग निर्णायक छलफल गरेर वार कि पार लगाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्