एजेन्सी, २३ साउन । भारतका निरज चोपडाले टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण जितेका छन् । आज भएको फाइनलमा उनले ८७.५८ मिटर टाढा ज्याभलिन फालेर स्वर्ण जितेका हुन् ।
२३ वर्षीय चोपडाले जारी ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । १५औं दिनमा आइपुग्दा दक्षिण एशियाबाट भारतले मात्र स्वर्ण जितेको छ ।
भारतले यसअघि रजत र काँस्य जितिसकेको छ । चोपडाले सुरुवातमा नै ८७ मिटर टाढा फालेर अग्रता लिएका थिए । दोस्रो थ्रो अझ टाढा फालेका थिए । उनको थ्रोलाई कुनैपनि खेलाडीले उछिन्न सकेनन् ।
ज्याभलिन थ्रोमा पाकिस्तानले पनि पदकको आशा गरेको थियो । पाकिस्तानका अरसद नदिमले पाचौं स्थान हासिल गरे ।