Logo

ओली एक कदम ब्याक, भोलिको लागि बोलाएको केन्द्रीय कमिटी बैठक सोमबारलाई सारे



काठमाडौं, २३ साउन । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा छ । यही साउन २१ र २२ गते वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी सम्पन्न भएको थियो । बैठकले एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकालेको थियो ।

साथै, अध्यक्ष केपी शर्मा ओलीलाई एकताविरोधी गतिविधि रोक्न आग्रह गरेको थियो । नेपाल पक्षले भोलिको लागि बोलाईएको केन्द्रीय कमिटी बैठकसमेत स्थगित् गर्न भनेको थियो । नभन्दै ओली पक्षले भोलिको लागि बोलाएको केन्द्रीय कमिटी बैठक सोमबारको लागि डाकेको छ ।

ओली पक्षले यसअघि भोलिको बैठक कुनैपनि हालतमा नरोकिने बताएको थियो । तर, नेपाल पक्षले भोलिसम्मको अल्टिमेटम दिएको छ । आजमात्रै नेता नेपालले दोलखाका नेताहरुसँग भर्चुअल सम्बोधनमा आफूहरु निर्णायक अवस्थामा रहेकोले आवश्यक परे कडा कदम चाल्नुपर्ने भन्दै तयार हुन निर्देशन दिएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्