Logo

शिव परियारले भने–‘हनिमुन त घरमै मनाएको नि, त्यतिवेला एउटा खाट किन्ने पैसा त थिएन’ (भिडिओसहित)



काठमाडौं, २४ साउन । चर्चित गायक शिव परियारले आफू राजनीतिमा नआउने स्पष्ट पारेका छन् । उनले आफ्नो क्षेत्र नै गीत/संगित भएकोले यसमै रमाउने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले भोलि तपाईँ राजनीतिमा आउँदा मन्त्री/प्रधानमन्त्री बन्नुहोला नि ? भनेर सोधेको प्रश्नमा गायक परियारले भने,‘होईन दाई, मसँग त्यो क्षमता छैन् । म गीत गाउन आएको हो । म गीतमात्रै गाईरहने हो ।’

उनले आफूले कुनैपनि पार्टीको झण्डा मुनि बसेर गीत नगाएको र आफू सोही सिद्धान्तमा अडिग रहेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय आफूले नायक निखिल उप्रेतीका दाई हरि उप्रेतीलाई मत दिएको खुलासा गरे । उनले आफूले विवाह गर्दा संघर्षको फेजमा रहेकोले हनिमुन मनाउन कतैपनि नगएको स्मरण गराए । उनले आफूले एरेन्ज विवाह नै गरेको सुनाए ।

उनले भने,‘म विवाह गर्दा आलोकाँचो थिएँ, २३ बाट २४ वर्ष टेक्दाखेरि विवाह गरेको हुँ । बाजा बजाएर होईन, मन्दिरमा गएर विवाह गरियो ।’ उनले आफ्नो जीवनमा दुई वटा ईच्छा रहेको पनि सुनाउँदै भने,‘पहिलो ईच्छा टाई लगाएर कलेज जाने र अर्को बाजा बजाएर जन्ती लिएर विवाह गर्ने, यी दुवै कुरा भएनन् ।’ उनले हनिमुन घरमै मनाएको पनि सुनाए । उनले भने,‘एउटा खाट किन्ने पैसा थिएन, घरमै हनिमुन मनाएको हो । साँच्चै भन्ने हो भने हनिमुन भन्ने कुरै थाहा थिएन नि ।’



प्रतिक्रिया दिनुहोस्