Logo

गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिकमा माधव नेपाल गएनन्



काठमाडौं, २४ साउन । सरकारका गठबन्धन दलहरुको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भए ।

तर, न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएनन् । गठबन्धनमा एमालेको नेपाल समूह पनि छ ।



प्रतिक्रिया दिनुहोस्